अवधारणा खण्डमा संक्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ।
काठमाडौँ– रक्ष राईको नयाँ पुस्तक ‘डायस्पोरा: अवधारणा र अभ्यास’ (गोर्खाली आप्रवासनको सन्दर्भ) बजारमा आएको छ।
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकमा अवधारणा र अभ्यास गरी दुई खण्ड छन्। अवधारणा खण्डमा संक्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ।
दोस्रो खण्डमा बेलायती नेपाली डायस्पोराका साथै साहित्य र सिर्जनाका विषयमा लेखिएको छ। समालोचक प्राडा गोविन्दराज भट्टराईले एक विद्यावारिधि गरे सरहको परिश्रमले सिँचिएको ग्रन्थ प्रत्येक प्राज्ञिक अनुष्ठानमा पुग्नुपर्ने विचार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “नेपाल–भारतका नेपाली समुदायले अध्ययन–अध्यापन गर्ने विश्वविद्यालय र कलेजमा यस ग्रन्थ पुगोस्।”
नेपाली साहित्यमा कवि तथा कथाकारका रूपमा स्थापित पूर्वगोर्खा सैनिक राई पछिल्लो समय विचारक तथा सिद्धान्तकारका रूपमा चिनिएका छन्। मिजास तेम्बेसँगको सहलेखनमा २०६८ सालमा ‘नवचेतनाग्रह’ नामक सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याएका राईले तेम्बेसँगकै सहलेखनमा २०७२ सालमा ‘डायस्पोरा सिद्धान्त: सिर्जना र समालोचना’ नामक डायस्पोरिक सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याए। यस्तै, उनको २०७९ सालमा ‘युद्ध सौन्दर्य चिन्तन’ पुस्तक प्रकाशन भयो।
भोक्ताहरूका तर्फबाट प्रकाशनमा आएको सम्भवतः यो नै पहिलो सैद्धान्तिक ग्रन्थ थियो। राईको पछिल्लो पुस्तक डायस्पोरिक साहित्यको अध्ययन तथा अनुसन्धान गर्न चाहने अध्येता तथा अध्यापकका लागि उपयोगी हुने विश्वास गरिएको छ। ६४० पृष्ठको पुस्तकको मूल्य १ हजार १९९ रुपैयाँ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
