तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

स्थानीय बजारमा आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तोलामा १ हजार रुपैयाँले बढेको हो। 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।