कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

टस हारेर ब्याटिङमा उत्रिएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो। कुवेतका ओपनर राभिजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए। 

काठमाडौँ– हङकङमा जारी चारदेशीय टी२० आई शृंखलाको फाइनलमा कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ। 

टिन क्वाङ रोड मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो। ओपनर राभिजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए। 

नेपालका नन्दन यादव र सोमपाल कामीले समान २–२ तथा करण केसी र कुशल भुर्तेलले समान १–१ विकेट लिए। 

शनिबार घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । 

पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।