मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन्।
जनकपुर– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको जानकारी गराएको हो।
प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐन पारित भएका छन्। प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेश पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन्।
त्यस्तै चौथो अधिवेशनबाट चार वटा विधेयक छलफलका लागि समितिमा पठाइएको छ। प्रदेश बिउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नीति आयोग गठन तथा कार्य सञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र गाउँसभा/नगरसभा/जिल्लासभाको कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई समितिमा पठाइएको जनाइएको छ।
त्यस्तै, प्रदेश निजामती सेवा ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ दर्ता प्रक्रियामा गएको छ भने मधेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको छ।
त्यस्तै चालु अधिवेशनमा प्रदेशसभामा पेश भएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ विवादित बनेपछि प्रदेशसभाबाट फिर्ता लिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
