नेप्से परिसूचक ८ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ। 

काठमाडौँ– यस वर्षको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको हो।

यस दिन ३२२ कम्पनीको एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री भयो। जसबाट ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

यस दिनको कारोबार चार वटा समूहको उपसूचक बढेको छ भने नौ वटाको घटेको छ। होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा समूहको उपसूचक ०.०८ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ ०.२१, विकास बैंक ०.७७, वित्त ०.८८, जलविद्युत् ०.४५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.८४, लघुवित्त ०.२६ अन्य ०.८० र व्यापार समूहको उपसूचक १.४० प्रतिशतले घटेको छ।

१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिभेन्चर र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी सीईडीसी होल्डिङ्सको ४५ करोड ३२ लाख नौ हजार ५३० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको आठ लाख ९४ हजार ५१० कित्ता किनबेच भएको छ।