युक्रेनको सुमीमा रुसी आक्रमणबाट ३२ सर्वसाधरणको मृत्यु

युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ।

युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ। अन्य ८४ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। अधिकारीहरूका अनुसार शहरको केन्द्रमा पाम सन्डे पर्व मनाउन मानिसहरू भेला भइरहेका बेला दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको हो।

युक्रेनको राज्य आपत्कालीन सेवाले एक विज्ञप्तिमा आक्रमणबाट दुई बालबालिकासहित कम्तिमा ३२ जनाको मृत्यु भएको १० बालबालिकासहित थप ८४ जना घाइते भएका जनाएको छ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै मस्कोविरुद्ध कडा अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि आह्वान गरेका छन्।

यसअघि अप्रिल ४ मा जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित करिब २० जनाको मृत्यु भएको थियो। त्यसको एक सातापछि सर्वसाधारणको ज्यान जाने गरी सुमीमा दोस्रो ठूलो आक्रमण हो।