जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्ज घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानूनी कारबाही गर्नेलगायत पाँचबुँदे सहमति गरेको छ।
काठमाडौँ– वीरगन्ज विवादबारे सर्वदलीय सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गरेको छ। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सर्वपक्षीय बैठकले घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानूनी कारबाहीलगायत पाँचबुँदे सहमति गरेको हो।
त्यस्तै, अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने सहमति भएको छ। घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिको पूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय पनि सर्वपक्षीय बैठकले गरेको छ।
“धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने” निर्णयमा भनिएको छ, “पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा तत् तत् संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने।”
बैठकमा प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र जनप्रतिनिधिलगायतको सहभागिता थियो।
शनिबार वीरगन्ज महानगरपालिकामा हनुमान जयन्तीको शोभायात्राको क्रममा भएको दुई पक्षबीच झडप भएको थियो। झडपमा परी सुरक्षाकर्मी र स्थानीय घाइते हुनुका साथै सवारीसाधन र पसलमा आगजनी भएको थियो। तनावले उग्र रूप लिएपछि स्थानीय प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश जारी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
