मुम्बईले दिल्ली क्यापिटल्सलाई १२ रनले हरायो भने राजस्थान रोयल्स बैंगलुरूसँग नौ विकेटले पराजित भएको हो।
काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार भएका खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरूले जित हात पारेका छन्।
मुम्बईले दिल्ली क्यापिटल्सलाई १२ रनले हरायो भने राजस्थान रोयल्स बैंगलुरूसँग नौ विकेटले पराजित भएको हो।
प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो। मुम्बईले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो।
दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए। यस्तै, अभिषेक पोरेलले ३३ रन जोडे। मुम्बईका करन शर्माले ३ र मिचेल सान्टनेरले २ विकेट लिए।
त्यसअघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। मुम्बईका तिलक वर्माले ५९ रन बनाए। रायन रिक्लट्नले ४१ र सूर्यकुमार यादवले ४० रन जोडे। दिल्लीका विपराज निगम, कुलदीप यादवले २/२ विकेट लिए।
आइतबार भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले राजस्थान रोयल्सलाई नौ विकेटले पराजित गर्यो। राजस्थानले दिएको १७४ रनको लक्ष्य पछ्याएको बैंगलुरूले १७ ओभर ३ बलमा एक विकेट गुमाउँदै १७५ रन बनाएको हो। बैंगलुरूका ओपनर फिल साल्टले सर्वाधिक ६५ रन बनाए।
विराट कोहलीले अविजित रहँदै ६३ रन जोडे। राजस्थानका कुमार कार्तिक्याले एक विकेट लिए। त्यसअघि सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रन बनाएको थियो।
राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ७५ रन बनाए। रियान परागले ३० र धुर्व जिरेलले ३५ रन जोडे। बैंगलुरूका भुवनेश्वर कुमार, यश दयाल, जोश हजलउड र कुर्णाल पाण्ड्याले समान एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
