माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।
काठमाडौँ– आईसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।
नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले पराजित गरेको थियो।
सोमबार ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि शाहिल पटेलले ४४ र नीरजकुमार यादवले ४६ रन बनाए। नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे।
ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो।
अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
