गोरखामा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँबाट गोरखा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गोरखा– गोरखामा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। 

काठमाडौँबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेको भनाइ छ। 

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ वीर अस्पतालमा  पठाइएको छ।