जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।
जनकपुरधाम– जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।
यस वर्ष शैक्षिक सत्र शुरू हुनुअगाडि नै पाठ्यपुस्तक आएकाले बिक्री वितरण शुरू गरिएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिए।
शैक्षिक वर्ष २०८२ का लागि २५ करोड रुपैयाँ बराबरको २३ लाख ७० हजार थान पुस्तक बिक्री वितरण गरिने लक्ष्य केन्द्रको थियो। हाल नौ लाख १३ हजार ९७६ थान पुस्तक गोदाममा सुरक्षित रहेको सो कार्यालयले जनाएको छ।
विद्यालयलाई तोकिएका विभिन्न ९६ वटा वितरकमार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको प्रमुख खनालले जानकारी दिए। कार्यालयबाट ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ।
विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गर्दा बालबालिकाको अध्ययन अध्यापनमा समस्या रहेको थियो। यसअघि सो कार्यालयले गत वर्ष २३ करोड ३० लाख रुपैयाँ बराबरको किताब बिक्री गरेको थियो। कार्यालयले त्यसअघि शैक्षिक सत्र २०८० मा २६ करोड रुपैयाँ बराबरको किताब बिक्री गरेको थियो।
प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने संघीय सरकारको नीति रहेको छ। तोकिएका बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
