बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिन्छ।
नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जले सोमबारदेखि जंगल सफारी शुरू गरेको छ। बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीका अनुसार निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट शुरू भएको जंगल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिएको हो।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताए। “यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको हो”, उनले भने।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको बताए। निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जंगल सफारी कार्यक्रमले सघाउ पुग्ने उल्लेख गर्दै रेग्मीले वन सप्ताहअन्तर्गत मंगलबार पनि जंगल सफारीको कार्यक्रम रहेको बताए।
सफारी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, नेचर गाइडलगायत सफारीमा सहभागी थिए।
विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो। जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन्।
करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावर र चराका विभिन्न प्रजाति पाइन्छन्। मुख्य गरेर बाघको वासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रूपमा देखिएको निकुञ्जको भनाइ छ। पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
