युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।
“कृपया, कुनै पनि प्रकारको निर्णय तथा वार्ताअघि मानिस, नागरिक, योद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेको र अस्पताल, चर्चहरू तहसनहस भएका हेर्न आउनुहोस्,” जेलेन्स्कीले सीबीएसको ६० मिनेट कार्यक्रमका लागि एक अन्तर्वार्तामा भने।
ट्रम्पले युद्धविरामका लागि वार्ता गर्न मस्कोसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका बेला युक्रेनी राष्ट्रपतिले रुसले आफ्ना नागरिकमाथि निरन्तर आक्रमण गरिरहेकोबारे प्रकाश पारेका छन्। यद्यपि, ट्रम्पले जेलेन्स्कीको निमन्त्रणा स्वीकार गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ।
यो अन्तर्वार्ता सुमी शहरमा रुसी क्षेप्यास्त्र प्रहार हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो। सुमी शहरमा आइतबार रुसी आक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका छन्।
युक्रेनको सबैभन्दा बलियो सैन्य सहयोगी अमेरिकाले ट्रम्पको नेतृत्वमा वार्तामार्फत युद्ध अन्त्य गर्ने प्रयास गरिरहेको बेला यो आक्रमण भएको हो। आक्रमणबारे राखिएको जिज्ञासामा अमेरिकी राष्ट्रपतिले यसलाई ‘भयानक’ भनेका छन्।
यसअघि युक्रेनका लागि ट्रम्पका विशेष दूत, सेवानिवृत्त लेफ्टिनेन्ट-जनरल किथ केलोगले आक्रमणले ‘शालीनताको सीमा नाघे’को प्रतिक्रिया दिएका थिए।
यो घटनापछि जर्मनीका चान्सलर-इन-वेटिङ, फ्रेडरिक मर्जले रुसले युद्ध अपराध गरेको आरोप लगाएका छन्। अन्य युरोपेली नेताहरूले पनि सुमी आक्रमणको निन्दा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
