तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी– देवानगन्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली लागेर दुई जना घाइते भएका छन्।
घाइते हुनेमा देवानगन्ज–२ का रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।
अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
