पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

काठमाडौँ– देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको कारण कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपातसमेत हुने महाशाखाले जनाएको छ।