मनोरम हिमाली शृंखला, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको छ।
मुस्ताङ– बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै मुस्ताङ चलचित्र छायांकनको आकर्षक गन्तव्य बनेको छ।
काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिने भएपछि चलचित्र छायांकन गर्नेक्रम बढेको हो। हलिउड, बलिउड र कलिउडका चलचित्र छायांकन गर्नका लागि टोली आउने क्रम बढेको छ। जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायांकन गर्नेहरू आकर्षित भएका हुन्।
हिमाली शृंखला, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको छ।
सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो। भारतीय अभिनेता अमिताभ बच्चन मुस्ताङ आएर सुटिङ गरेका थिए। तर, त्यसबेलाको कठिन परिस्थिति अहिले फेरिएको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन मुस्ताङमा चलचित्र छायांकनका लागि आउनेको संख्या बढ्दै गइरहेको बताउँछन्। विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व संकलन गर्ने गरेका छन्। यसप्रकारका चलचित्रको छायांकनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उअध्यक्ष लालचन बताउँछन्।
पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन्। मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो।
हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा यहीँ सुटिङ भएको थियो। पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भए। यसले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका सचिव नीरज थकालीले बताए। चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको उनी बताउँछन्।
त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आउनुभएका नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायांकन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे। मुस्ताङ नपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिंगो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए। यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक रहेको उनको भनाइ छ।
निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा सहज रूपमा पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ। यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले जनाए। मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको उनी बताउँछन्।
मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन्। कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ। घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ।
यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ। वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायांकन गर्ने गरिएको छ। लोमान्थाङमा मुस्ताङी राजाको करिब ७०० वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
