नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराबाट बिहीबार शपथ लिएका छन्।
काठमाडौँ– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका सदस्यले संसद्का ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराबाट बिहीबार शपथ लिएका हुन्।
ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ। गत मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ जना सांसद निर्वाचित भएका छन्।

संविधानमा सांसदका रूपमा काम-कारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार संसद्को ज्येष्ठ सदस्य जबराले सांसदहरूलाई शपथ गराएका हुन्।
प्रतिनिधिसभामा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल र नेकपा माओवादी केन्द्र ३२ जना सांसदसहित तेस्रो ठूलो दल बनेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्। २५ जना सांसदले मातृभाषामा शपथ लिए भने अन्यले नेपाली भाषामा शपथ लिएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
