चीनको डिङ्जे केन्द्र बनाएर भूकम्प, काठमाडौँमा धक्का महसुस

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्र बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

काठमाडौँ– काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्र बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प बुधबार बिहान ४:०५ बजे गएको हो। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा उक्त धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।

पछिल्ला दिनमा जाजरकोटका विभिन्न स्थान केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ। केन्द्रका अनुसार मंगलबार बिहान जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्र बनाएर ४.४ म्यााग्निच्युडको भूकम्प गएको थियो।

सोमबार राति पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्र बनाएर ४.१ म्यााग्निच्युडको भूकम्प गएको थियो।