पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको आदेश

अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो।

काभ्रेपलान्चोक– सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालित इँटा उद्योग बन्द गर्न आदेश दिएको छ। 

अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो। स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्त्व विभागलगायतलाई विपक्षी बनाई २०७६ पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन्।