सुनको मूल्य निरन्तर उकालो, तोलाको १ लाख ८७ हजार पुग्यो

चाँदीको मूल्य तोलाको १ हजार ९५५ रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिनभन्दा तोलामा १० रुपैयाँले बढेको हो। 

काठमाडौँ– सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

छापावाल सुन आज तोलामा २ हजार ७०० रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य तोलाको १ हजार ९५५ रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिनभन्दा तोलामा १० रुपैयाँले बढेको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।