टस हारेर पहिला ब्याटिङमा उत्रिएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो।
काठमाडौँ– आईसीसी यू१९ विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ। बुधबार तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो।
हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। ओपनरद्वय साहिल पटेलले ४२ तथा निरज यादवले २३ रन जोडे। कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। कप्तान शिव माथुरले ६३ रन जोडे।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए।
नेपालले लिगको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
