डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको संयुक्त सामना गर्ने सम्झाैता

कोरोना महामारीको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा विश्व स्वास्थ्य संगठनका सदस्य मुलुकहरू सहमत भएका छन्।

काठमाडाैँ– कोरोना महामारीको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन्।

संगठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधबार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ। “यो ‘सुरक्षित संसारतर्फको साझा यात्रा’को महत्त्वपूर्ण कोसेढुंगा हो, डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताए।

कोभिड–१९ ले लाखौँं मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच–५एन–१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा  लगाएतका विषयहरू वार्तामा समावेश थिए। सम्झौताको मूल उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो।

सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा  रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन्।