बेलायती सर्वोच्च अदालतको यो फैसलाअनुसार अब कानूनी रूपमा महिला मानिने ट्रान्सजेन्डर व्यक्तिलाई समानता कानूनअन्तर्गत भने महिला मानिने छैन।
बेलायतको सर्वोच्च अदालतले बुधबार एउटा महत्त्वपूर्ण फैसला सुनाएको छ। समानता कानूनअन्तर्गत, 'महिला' भन्नाले जन्मजात जैविक रूपमा महिला भएको व्यक्ति मात्र बुझिने अदालतले फैसला गरेको हो।
न्यायाधीश प्याट्रिक होजसहित पाँच न्यायाधीशहरूले सर्वसम्मतिले गरेको फैसलाअनुसार कानूनी रूपमा महिला मानिने ट्रान्सजेन्डर व्यक्तिलाई अब समानता कानूनअन्तर्गत महिला मानिने छैन।
यो मुद्दा सन् २०१८ मा स्कटिश संसदले पारित गरेको कानूनसँग सम्बन्धित छ, जसमा स्कटिश सार्वजनिक निकायहरूको बोर्डमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरिएको थियो। उक्त कानूनमा महिलाको परिभाषामा 'ट्रान्सजेन्डर' महिलाहरूलाई पनि समावेश गरिएको थियो।
यदि ट्रान्स महिलाहरूलाई पनि महिला मानिन्छ भने, ५० प्रतिशत पुरुष र ५० प्रतिशत ट्रान्स महिला (जसको लिंग पहिचान प्रमाणपत्र छ) मिलेर बनेको कुनै पनि बोर्डलाई पनि महिला प्रतिनिधित्व भएको बोर्ड मान्न सकिन्छ। तर अब सर्वोच्च अदालतले अब त्यो परिभाषा खारेज गरिसकेको छ।
उक्त कानूनलाई लिएर महिला अधिकार समूह 'फर वुमन स्कटल्यान्ड' (एफडब्ल्यूएस)ले चुनौती दिएको थियो। महिलाको सो परिभाषा कानूनी अधिकारको सीमाभन्दा बाहिर जाने एफडब्ल्यूएसको भनाइ थियो।
एफडब्ल्यूएसकी सह-संस्थापक सुसान स्मिथले फैसलाको लागि सर्वोच्च अदालतप्रति धेरै आभारी भएको बताएकी छन्। बीबीसीसँगको कुराकानीमा उनी भन्छिन्, "आज न्यायाधीशहरूले हामीले सधैं विश्वास गरेको कुरा भनेका छन्, महिलाहरू उनीहरूको जैविक लिंगद्वारा सुरक्षित छन्। यौन वास्तविक छ र महिलाहरूले अब सुरक्षित महसुस गर्न सक्छन्।"
समूहकी निर्देशक त्रिना बज भन्छिन्, "यदि हामीले लिंग शब्दको सामान्य र जैविक अर्थ स्वीकार गर्दैनौं भने, यो सम्भव छ कि बोर्डमा ५० प्रतिशत पुरुषहरू र बाँकी पनि महिला भएको प्रमाणपत्र बोकेका पुरुषहरू हुन सक्छन्, र तैपनि यसलाई महिला प्रतिनिधित्व भएको बोर्ड मान्न सकिन्छ।"
उक्त कानूनविरुद्ध एफडब्ल्यूएसले सन् २०२२ मा गरेको मुद्दा खारेज भए पनि २०२३ मा बेलायतको सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अनुमति पाएको थियो।
एफडब्ल्यूएसका वकिल एडन ओनिलले कानूनमा 'लिंग' शब्दको अर्थ जैविक लिंग हुनुपर्ने तर्क गरेका थिए। "कुनै व्यक्ति जन्मजात पुरुष वा महिला हुन्छ, पछि आफ्नो पहिचान परिवर्तन गरेर होइन। लिंग एउटा भौतिक वास्तविकता हो जुन परिवर्तन गर्न सकिँदैन," उनको भनाइ थियो।
एफडब्ल्यूएस प्रसिद्ध लेखक जे.के. रोलिङद्वारा स्थापित समूह हो। उनले यस समूहलाई सहयोग गर्न धेरै हजार पाउन्ड पनि दान गरेकी छन्। ट्रान्स महिलाहरूलाई अधिकार दिँदा जन्मजात जन्मेका महिलाहरूको अधिकार कमजोर हुनु हुँदैन भन्ने उनको शुरूआतदेखि नै अडान थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
