‘फिसिङ लिंक’ पठाइ ई–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेन्ड’ हुन लागेको बताउँदै अनधिकृत रूपमा चार हजारभन्दा बढीको ई–सेवाको खातामा पहुँच पुर्याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ।
‘फिसिङ लिंक’ पठाइ ई–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको छ। उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाइ खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिइ भेरिफाइका लागि लिंक खोल्न लगाई ई–सेवामा अनधिकृत पहुँच पुर्याइ रकम ठगी गरेका हुन्।
उनले चार हजारभन्दा बढी व्यक्तिहरूको ई–सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा एक करोड दुई लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।
रकम चोरीमा संलग्न उनलाई काठमाडौँको कालीमाटीबाट पक्राउ गरी आज कार्यालयले घटना विवरण सार्वजनिक गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
