च्याम्पियन लिग: रियल मड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा

च्याम्पियन लिगको फाइनल प्रवेशका लागि पीएसजी र आर्सनल तथा बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ– इंग्लिस क्लब आर्सनल च्याम्पियन लिगको सेमिफाइनलमा पुगेको छ। 

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो। पहिलो लेगबाट आर्सनलले ३-० को अग्रता लिएको थियो। 

सान्टियागो बर्नबेउमा बोकायो साकाले ६५औँ मिनेटमा गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता लिएका थिए। त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए।

इन्जुरी समयमा मार्टिनेलीले गोल गरेपछि घरेलु मैदानमा रियल पराजित भयो। यससँगै १५ पटकको च्याम्पियन रियल मड्रिय च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ।

अर्को खेलबाट बार्यन म्युनिखलाई हराउँदै इन्टर मिलान अन्तिम चारमा पुगेको छ। अब फाइनल प्रवेशका लागि पीएसजी र आर्सनल तथा बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।