देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

काठमाडौँ– देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

साथै कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।