मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

घाइतेहरूको उद्धार गरी उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरी पक्राउ परेका छन्।

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस बिहीबार बिहान सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरूको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। 

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।