कपनस्थित मौलिक बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ।
काठमाडौँ– कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ। जैविक कृषि उपजको प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ।
देशका ७५३ वटै पालिकाबाट संकलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ।
कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार शुरू गरिएको हो। एक स्थानीय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्रान्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए।
“कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेस्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रवर्द्धन गर्नु बजारको उद्देश्य हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
