चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्बोडिया भ्रमणमा

चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयासस्वरूप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्बोडिया पुगेका हुन्। 

चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह पुगेका छन्। 

चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयासस्वरूप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्बोडिया पुगेका हुन्। 

सीजीटीएनका अनुसार बिहीबार नोम पेन्हको विमानस्थलमा उहाँलाई राजा नोरोडोम सिहामोनीले स्वागत गरे। राष्ट्रपति सीले पूर्वनेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नु अघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ।  

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन  हो। मानेटले सी को भ्रमणलाई अर्थपूर्ण र मित्रताको प्रतीकको रूपमा वर्णन गरेका छन्। 

दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको उनले बताए। यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदै छन्।