बिहीबार नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्सेका अनुसार बिहीबार परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
३११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता शेयर ९० हजार ५५५ पटक खरिद बिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बुधबार सात अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
बिहीबार वित्त समूह ०.१५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी लगानी समूह २.९९, त्यसपछि विकास बैंक समूह १.३५ प्रतिशतले बढेको छ। बैंकिङ १.१४, वित्त ०.७२, होटल तथा पर्यटन ०.३९, जलविद्युत् १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, लघुवित्त ०.६३, म्युचुअल फन्ड ०.६२, निर्जीवन बीमा ०.९६ र अन्य समूहको उपसूचकमा ०.३७ प्रतिशतको वृद्धि देखिएको छ।
यस दिनको नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५/८६ को शेयर मूल्य सबैभन्दा बढी ४.७९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा यस दिन सबैभन्दा बढी हिमालयन पावर पार्टनरको एक अर्ब ५८ करोड २५ लाख ११ हजार ७०५ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ९५७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
