सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट खानेतेलको ग्यालेनमा प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद गरेको छ।
रौतहट– सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागुऔषध चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस, पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागुऔषध चरेस बरामद गरेको हो।
खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याङमा लुकाएर राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद भएको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार राति करिब ११ बजे लागुऔषध चरेस बरामद गरेको हो।
बरामद चरेसलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
