गृह मन्त्रालयले बिहीबार नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।
काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले चैत ५ गतेदेखि रिक्त एआईजी पदका लागि ६ जना डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जारी गरेको बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्रकुबेर खापुङको नाम छ। त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीको नाम छ।
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय, कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्।
एआईजीको दरबन्दीमा बढुवाप्रक्रिया अघि नबढ्दा एआईजीले नेतृत्व गर्ने प्रहरीका पाँच वटा केन्द्रीय विभाग र सीआईबी एक महिनादेखि नेतृत्वविहीन थिए। ती सबैको डीआईजीले निमित्तका रूपमा नेतृत्व सम्हालिरहेका थिए।
यो पनि – नियुक्ति र बढुवामा भागबन्डालाई नै माथ दिनथालेको ‘बढाबढ’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
