‘डेटा र इन्फोग्राफिक’केन्द्रित पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक भएको छ।
काठमाडौँ– नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक भएको छ। फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले प्रत्येक वर्ष निकाल्ने यो पुस्तकको १०औँ संस्करण हो।
‘डेटा र इन्फोग्राफिक’केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ। पुस्तकमा नेपालको प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्र, पूर्वाधार र संचार, सामाजिक आयाम, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्ड तथा ६४ उपखण्ड समेटिएका छन्।
यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीका रूपमा रहेको फ्याक्ट्स नेपालले अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्र प्रस्तुत गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
