गाजामा इजरायली आक्रमणबाट दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’का रूपमा सम्मानित गरिएको छ।
गाजामा इजरायली आक्रमणबाट दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई विहीबार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’का रूपमा सम्मानित गरिएको छ। द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले काँधमुनि दुवै हात गुमाएका नौ वर्षीय महमुद अजजोरको तस्वीर खिचेका थिए।
“जब महमुदलाई पहिलो पटक आफ्नो हात काटिएको महसुस भयो, उनले आमालाई भनेको पहिलो वाक्य थियो, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु?’”, विश्व प्रेस फोटो संगठनले जारी गरेको विज्ञप्तिमा अबु इलुफले उनकी आमाको भनाइ उद्धृत गर्दै भनेका छन्।
प्रतिष्ठित फोटो पत्रकारिताको ६८औँ संस्करणको विजेता १४१ देशका तीन हजार ७७८ फोटोग्राफरले पेश गरेको ५९ हजार ३२० प्रविष्टिबाट चयन गरिएको थियो।
“यो एउटा शान्त तर चर्को आवाज ओकल्ने फोटो हो। एउटा बालकको कथा बताउँछ यसले व्यापक युद्धबाट पुस्तौँसम्मको प्रभावलाई प्रस्तुत गर्छ,” वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भने।
सन् २०२४ मार्चमा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको संगठनले विज्ञप्तिमा जनाएको छ। “उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएलगत्तै भएको विस्फोटले उनको एउटा हात छिनायो र अर्कोलाई क्षतविक्षत पारिदियो”, वर्ल्ड प्रेस फोटो साइटेसनले भनेको छ।
विजेता फोटोग्राफर अबु इलुफलाई सन् २०२३ डिसेम्बरमा गाजाबाट निकालिएको थियो। उनी अहिले कतारको राजधानी दोहामा अजजोर बस्ने उही अपार्टमेन्ट कम्प्लेक्समा बस्छन्।
इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा विनाशकारी प्रत्याक्रमण शुरू गरेको थियो। अक्टोबर ७ मा हजारौँ लडाकुले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेका थिए। आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार २०० मानिस मारिएका थिए। लडाकुहरूले २५१ जनालाई अपहरण गरेका थिए।
गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ। मृतकहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन्। तिनमा कम्तीमा एक वर्षमुनिका ८७६ शिशु छन्। मन्त्रालयले एक लाख १६ हजारभन्दा बढी मानिस घाइते भएको बताएको छ।
आवासीय क्षेत्र र नागरिक भवनबाट आक्रमण र अन्य सैन्य गतिविधि सञ्चालन गरेको भन्दै इजरायलले यो मानवीय क्षतिका लागि हमासलाई दोष दिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
