सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजंघाको दक्षिणी मोहडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए।
ताप्लेजुङ– विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजंघा हिरक महोत्सव–२०८२’ आज शुरू हुँदैछ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ।
‘कञ्चनजंघा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ नारासहित आयोजना हुने महोत्सव आयोजना गरिएको हो। महोत्सव अवधिभर कञ्चनजंघा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुनेछन्।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा ताप्लेजुङका ६ जना कञ्चनजंघा आरोहीलाई सम्मान गरिनेछ। सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पालाई सम्मान गरिने भएको हो। महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजंघाको दक्षिणी मोहडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए। सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आएको भए पनि १९५५ मा मात्रै आरोहण सफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
