ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।
काठमाडौँ– डा. राकेश कुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ईएसजीई)बाट एफईएसजीई (डिग्री) उपाधि प्राप्त गरेका छन्। उनी यो उपाधि प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक भएको ईएसजीईले जनाएको छ।
ईएसजीई पेटरोग विशेषज्ञहरू आबद्ध संस्था हो। सन् २०२५ मा एशियाली राष्ट्रका दुई डक्टरले यो डिग्री पाएका छन्। डा. झासँगै भारतका नागेश्वर रेड्डीले पाएका हुन्।
डा. झा वीरगन्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।
डा. झाले आफ्नो पेसागत यात्रामा एफईएसजीई डिग्रीलाई महत्त्वपूर्ण उपलब्धि ठानेका छन्। उनी भन्छन्, “एफईएसजीई उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो। यसले विश्व-चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पुर्याउँछ।” यो डिग्री प्राप्त गर्न ईएसजीईमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ।
डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी यूकेबाट सन् २०१३ मा मोड्युल-१ र एशियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल-२ पूरा गरेका हुन्। यो वर्ष डा. झासहित विश्वभरका १२ जनाले यो डिग्री प्राप्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
