अर्ग्यानिक फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरतातर्फको बाटो खोलिदिएको छ।
काठमाडौँ– काठमाडौँको बूढानीलकण्ठस्थित आकासे धारामा फैलिएको १४ रोपनी क्षेत्रफलको अर्ग्यानिक फार्म हाउस पछिल्ला दिनमा एक आकर्षक कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
ताप्लेजुङकी बन्दी शेर्पाले सञ्चालन गर्दै आएको उक्त फार्म हाउसले हाल आठ जनालाई रोजगारी पनि दिएको छ। करिब १५ वर्षदेखि सञ्चालित यो फार्ममा नियमित रूपमा गाईपालन, बाख्रापालन र अर्ग्यानिक तरकारीखेती हुँदै आएको छ।
शेर्पाले फार्मसँगै अर्ग्यानिक रेस्टुरेन्ट पनि सञ्चालन गरेकी छन्। फार्ममा उत्पादित ताजा र अर्ग्यानिक सामग्री प्रयोग हुँदै आएको उनले बताइन्। उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले स्वास्थ्य, स्वादिलो र पौष्टिक परिकारको स्वाद लिन पाउँछन्।
बिदा तथा विशेष दिनमा सयौँको संख्यामा पर्यटक र आगन्तुकको घुइँचो लाग्ने गरेको भन्दै शेर्पाले भनिन्, “कृषिलाई केवल खेतमा सीमित नराखी, पर्यटन र रेस्टुरेन्टमार्फत नयाँ ढंगले प्रस्तुत गर्दा आम्दानीको प्रशस्त स्रोत बन्न सक्छ।” उनका अनुसार फार्म हाउसबाट वार्षिक लाखौँ आम्दानी भइरहेको छ। ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको उनको भनाइ छ।
“विदेश पलायन होइन, देशमै केही गर्ने आँट र इमानदारी भए यहाँ पनि सुन फल्छ”, शेर्पाले युवाहरूलाई आग्रह गर्दै भनिन्, “अर्ग्यानिक कृषि र पर्यटनको संयोजन भविष्य हो। यसमा लगानी र मेहनत गरे सफल बन्न सकिन्छ।”
फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरता तर्फको बाटो खोलिदिएको उनले बताइन्। यस्ता लघु उद्यमले नेपालको ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सक्ने सम्भावना बोकेको देखिन्छ।
यस्ता उद्यमलाई सरकारी सहयोग, प्रविधि हस्तान्तरण, र बजार पहुँचको सहयोग मिल्यो भने नेपालमा अर्ग्यानिक कृषि र कृषि पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई उल्लेखनीय गति दिन सकिने उनको धारणा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
