बिस्केट जात्राको अन्तिम दिन ढालियो हात नभएको लिंगो

आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ।

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ।

प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिंगो उठाएर जात्रा गर्दै अन्तिम दिन शुक्रबार विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया शुरू हुने गर्दछ।

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिंगो शुक्रबार दिउँसो ढालिएको जानकारी दिँदै शुक्रबार अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न शुरू हुने र शुक्रबारैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिए।

उनका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ। तालाक्वोमा लिंगो ढालिएपछि शुक्रबार नै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ।

यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिंगो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिंगो नउठेपछि स्थानीयले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा लिंगो उठाएर साँझ ढालिएको थियो।