दाङमा शुक्रबार बेलुका यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २ जनाको मृत्यु भएको छ।
काठमाडौँ– दाङको लमही-भालुबांग सडक खण्डअन्तर्गत सिंगेखोला नजिकै शुक्रबार बेलुका यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा परेको हो।
बस दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–५ का ५६ वर्षीय नीलसरोज यादव र घोराहीकी अन्दाजी ३०/३५ वर्षकी पुष्पा डाँगीको मृत्यु भएको हो।
दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएको र उनीहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी रहेकाले घाइतेहरूको यकिन संख्या अझै पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ। बस अनियन्त्रित भई सडक किनारामा पल्टिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
