चोलेन्द्र शमशेरविरुद्धको महाभियोग आगामी संसदमा छलफल हुन्छ : गगन थापा

सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ संसद्‌ले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल गर्ने बताएका छन्।

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग आगामी संसद्‌मा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्। 

बिहीबार संघीय संसद् सचिवालयमा प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले यस अघिको संसद्मा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताए।

त्यस्तै, महामन्त्री थापाले पहिलाको संसद्ले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए।

एक अर्को प्रसंगमा उनले संसद्को लाइब्रेरीलाई संसद्को सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने बताए। उनले संसद्को लाइब्रेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताए।

उनले भने, “पहिलो संसद्को लाइब्रेरीलाई हामीले यो संसद्को सम्पत्तिको रूपमा अघि बढाउनुपर्छ। त्यसले सांसदको गुणस्तरलाई बढाउन सकिन्छ। त्यसमा हामी काम गर्छौं। पूर्व प्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ।”