जन्मभूमिप्रतिको माया र छिमेकीको सद्भाव बिर्सिन नसकेर गाउँ फर्किएको खोटाङ बराहपोखरी गाउँपालिका–६ का वेदबहादुर खड्का बताउँछन्। उनलाई पालिकाले प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ।
खोटाङ– बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का १८ वर्षपछि पुनः परिवारसहित गाउँ फर्किएका छन्। उनलाई गाउँपालिकाले १ लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको छ। उनी २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर गएका थिए।
गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरेका थिए। आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिर्सिन नसकेर आफ्नै गाउँ फर्किएको उनले बताए। “बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ। बँझिएको जमिन खनजोत शुरू गरेका छौँ,” उनले भने।
गाउँ फर्किए लगत्तै घर निर्माण गरेका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठूलो सहयोग गरेको बताए। गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ। “अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन। यसअघि गएकालाई गाउँ फर्क अभियान चलाएका छौँ,” अध्यक्ष बञ्जराले भने।
पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरूका कारण बर्सेनि जनसंख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँ फर्क अभियान’ चलाएका छन्। १० वटै स्थानीय तहले विकासमा फड्को मारे पनि त्यहाँका स्थानीय भने, सुविधाको खोजीमा सहर पस्ने क्रम तीव्र छ।
शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठूल्ठूला भवन निर्माण गरिएका छन्। बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
