वर्षाका कारण मैदानमा असर परेर अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल आईसीसी यू१९ विश्वकपमा पुग्न असफल भएको छ।
काठमाडौँ– नेपाल आईसीसी यू१९ विश्वकपमा छनोट हुन असफल भएको छ।
अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल भएको हो। आईसीसी यू१९ विश्वकप अर्को वर्ष जिम्बावे र नामिबियामा आयोजना हुने छ।
शनिबारको मूलपानी क्रिकेट मैदानमा आईसीसी यू१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल थियो। विश्वकपमा छनोट हुन नेपाललाई यो खेल जित्नै पर्ने बाध्यता थियो। तर वर्षा कारण मैदान भिजेपछि खेल रद्द भयो। खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल भयो।
नेपाल र अफगानिस्तान दुवैले तीन/तीन खेले जितेका थिए। लिग चरणमा दुवै टोलीले यूएई, हङकङ र ओमानलाई पराजित गरेका थिए। तर नेट रन रेटमा अफगानिस्तान नेपालभन्दा अगाडि थियो। अफगानिस्तानको ४.८१ र नेपाल ३.५७ हुँदा नेट रन रेट थियो। खेल रद्द भई अंक बाँड्दा नेट रन रेटका आधारमा अफगानिस्तान विजयी भएको हो।
सन् २००० मा पहिलोचोटि यू१९ विश्वकप खेलेयता नेपालले आठ पटक सहभागी जनाइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
