अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।
संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।
इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ।
अमेरिकी रक्षासचिवको निर्देशनअनुसार अब ती सैनिकलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया शुरू गरिएको पेन्टागनका प्रवक्ता श्री सीन पार्नेलले जानकारी दिए।
उनका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ।
यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले जनाए।
आईएसले सन् २०१४ मा आक्रामक गतिविधि शुरू गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनालाई सहयोग पुर्याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो।
यस अभियानका क्रममा अमेरिकी सेनाले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता जनाएका थिए भने हजारौँ सैनिक तथा कर्मचारीलाई सहयोगका लागि खटाइएको थियो।
इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गरेका थिए भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)ले आईएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो।
तर पनि अहिले केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको पेन्टागनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
