नेपालमा उत्पादन नहुने पाम तेल, न्यून उत्पादन हुने भटमास र सनफ्लावर तेलले निर्यात व्यापारको ठूलो हिस्सा ओगट्दै आएकोमा भारतले करको दर हेरफेर गरेसँगै यसको प्रभाव देखिएको भन्सार विभागले जनाएको छ।
काठमाडौँ– मुलुकभित्र उत्पादन हुने वस्तुको निर्यात नबढे पनि आयत घट्दा व्यापार घाटामा निरन्तर सुधार देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर)सम्म मुलुकको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १८.७७ प्रतिशत अर्थात् १ खर्ब ३८ अर्ब ४ करोड ५७ लाख २२ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्बभन्दा बढी थियो।
यो अवधिमा नेपालले सबैभन्दा बढी १ खर्ब ३४ अर्ब ३६ करोड १० लाख रुपैयाँबराबरको इन्धन आयत गरेको विभागको तथ्यांक छ। गत आर्थिक वर्षको ५ महिनामा इन्धन ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको आयात भएको थियो।
चालु आर्थिक वर्षको उक्त अवधिमा आयात २०.७१ प्रतिशतले घटेर ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाखमा झरेको छ। निर्यातमा पनि ३४.६१ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्षमा सो अवधिमा १ खर्ब बढीको निर्यात गरेको नेपालले चालु आर्थिक वर्षमा भने ६७ अर्बमा मात्र सीमित भएको छ। पछिल्लो मंसिरमा १२ अर्ब ५३ करोड रुपैयाँबराबरको मात्र निर्यात भएको विभागको तथ्यांकले देखाउँछ।

मुलुकबाट हुने निर्यात घटेको आन्तरिक उत्पादनको कारणले वा अन्तर्राष्ट्रिय बजार नपाएर भने होइन। नेपालमा उत्पादन नै नहुने पाम तेल, न्यून परिमाणमा मात्र उत्पादन हुने भटमास तेल र सनफ्लावर तेलले निर्यात व्यापारको ठूलो हिस्सा ओगट्दै आएकोमा भारतले करको दर हेरफेर गरेसँगै यसको प्रभाव देखिएको भन्सार विभागले जनाएको छ।
मुलुकको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.८१ प्रतिशत छ भने निर्यातको हिस्सा ९.१९ प्रतिशत मात्र छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्ध र अन्तर्राष्ट्रिय वस्तुको मागमा पनि केही कमी आउँदा आयात घटेको भन्सार विभागले जनाएको छ। सरकारले गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनको आयातमा लगाएको प्रतिबन्ध पुसबाट लागू हुने खुला गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
