सरोकारवालाले पर्यटन क्षेत्रमा डिजिटल सीप, वित्तीय पहुँच र संस्थागत समर्थनसहित महिलाको सशक्त सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।
काठमाडौँ– नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रविधिमा दक्ष महिलाको सहभागिता आवश्यक रहेको शनिबार ललितपुरमा सम्पन्न एक अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
नेपाल पर्यटन बोर्डले ललितपुरको होटल हिमालयमा आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तर्क्रिया गरेको वक्ताहरूले ‘डिजिटल युगमा महिला उद्यमशीलता नै पर्यटनको मेरुदण्ड बन्ने’ बताएका हुन्।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रमा महिला उद्यमशीलतालाई प्राथमिकताको विषय बनाउँदै नीति तथा कार्यक्रममार्फत स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले भने, “गाउँ–गाउँका महिलालाई डिजिटल साक्षरतामा लैजाँदा पर्यटन अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ।”
योजना आयोगकी सदस्य गीताकुमारी पौडेलले प्रविधिमा महिलाको पहुँच अझै न्यून रहेको उल्लेख गर्दै नीति निर्माणमै लैंगिक समानता सुनिश्चित गर्नुपर्ने बताइन्। “डिजिटल पहुँच अझै ३० प्रतिशत नागरिकसम्म मात्र पुगेको छ, महिला सहभागिता झन् कम छ,” उनले भनिन्।
पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले संख्यात्मक रूपमा महिला सहभागिता बढे पनि गुणस्तरीय योगदानका लागि तालिम र सीप आवश्यक रहेको बताए। उनका अनुसार नेपालको पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिला कार्यरत छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिलाहरू अझै पनि न्यून ज्यालामा सीमित रहेको उल्लेख गर्दै डिजिटल सीप, वित्तीय साक्षरता र ब्राण्डिङमा दक्षता जरुरी भएको बताइन्।
कार्यक्रममा महिला पर्यटन व्यवसायी, साहसिक पर्यटन अभियन्ता, पर्वतारोही, र विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना अनुभव साटासाट गरेका थिए। साहसिक पर्यटन क्षेत्रकी मिना बरालले महिलाहरूलाई वित्तीय पहुँच दिलाउनुपर्नेमा जोड दिइन्। पर्वतारोही चोकी शेर्पाले महिला गाइड र पर्वतारोहीका लागि थप तालिम र अवसरको माग गरिन्।
कार्यक्रमको अन्त्यमा पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले प्रस्तुत सुझावहरूलाई नीतिगत तहमा लैजाने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रसँग सहकार्यमा तयार रहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
