छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिको कामबारे सामान्य जानकारी गराइएको थियो।
काठमाडौँ– विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउनेबारे तीन राजनीतिक दलका शीर्ष नेताबीच शुक्रबार छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरूबीच शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा छलफल भएको हो।
छलफलमा विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउनुपर्ने समान धारणा बनेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।
संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेहरूप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।
छलफलमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। त्यस्तै, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याससम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।
छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराइएको पनि सल्लाहकार खरेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
