इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ।
गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९२ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ। इजरायली सेनाले आफ्ना बन्धकलाई रिहा गर्न र हमासलाई निःशस्त्र बनाउन आक्रमण बढाएको छ।
मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन्। अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए।
दक्षिणी शहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए। त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन्। इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ।
शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह शहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार २०० मानिस मारिएका थिए। साथै हमासले २५१ जनालाई अपहरण गरेका थिए। त्यसपछि युद्ध शुरू भयो। अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मन्त्रालयले नागरिक र लडाकु छुटाउँदैन।
युद्धले गाजाको विशाल भाग र यसको अधिकांश खाद्य उत्पादन तहसनहस भएको छ। युद्धले करिब ९० प्रतिशत जनसंख्यालाई विस्थापित गरेको छ। लाखौँ मानिस टेन्ट शिविर र बम विस्फोटबाट क्षतविक्षत भएका भवनमा बसिरहेका छन्।
सहायता समूहहरूले इजरायलले गाजामा नाकाबन्दी लगाएको चेतावनी दिएका छन्। गाजामा इजरायलले ६ हप्ताभन्दा बढीका लागि सबै खाना र अन्य सामान प्रवेशमा प्रतिबन्ध लगाएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार युद्धको असरका स्वरूप हजारौँ बालबालिका कुपोषित भएका छन् र मौज्दात घट्दै जाँदा अधिकांश मानिसले दिनमा एक पटक मात्र खाना खाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
