खोज पत्रकारितामार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै समाजमा सुशासनको प्रवर्द्धनमा योगदान दिएको भन्दै जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषले पत्रकारद्वय दिपा दाहाल र मातृका दाहाललाई सम्मान गरेको छ।
काठमाडौँ— खोज पत्रकारितामार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै समाजमा सुशासनको प्रवर्द्धनमा योगदान दिएको भन्दै दाहाल प्रतिष्ठान, स्वर्गीय पण्डित जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषले पत्रकारद्वय दिपा दाहाल र मातृका दाहाललाई नगदसहित सम्मान गरेको छ।
शनिबार गोठाटारस्थित देवाली डाँडामा आयोजित विशेष समारोहमा उनीहरूलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। पत्रकार दिपा दाहाल हाल उकालो डटकममा कार्यरत छन् भने पत्रकार मातृका दाहाल कान्तिपुर दैनिकमा।
कार्यक्रममा दाहाल प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा कोषका अध्यक्ष शालिग्राम दाहालले खोज पत्रकारिता जस्तो जोखिमपूर्ण विधामा क्रियाशील दिपा र मातृकाले देशमा सुशासन कायम गर्न उल्लेखनीय भूमिका खेलेको बताए।

“दुवै पत्रकारले अनुसन्धानमा आधारित सामग्री प्रस्तुत गरेर भ्रष्टाचारजन्य कार्यको भण्डाफोर गर्दै जनताका पक्षमा कलम चलाएका छन्,” उनले भने, “त्यही योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो।”
कार्यक्रममा दाहाल प्रतिष्ठान केन्द्रीय कार्यसमितिका अध्यक्ष दुर्गाप्रसाद दाहालले पत्रकारिताजस्तो चुनौतीपूर्ण पेशामा रहेर सत्य खोज्ने प्रयत्न सराहनीय भएको बताए। “समाज परिवर्तनका लागि कलम चलाउने यी युवाहरू सम्पूर्ण समुदायका लागि प्रेरणाका पात्र हुन्,” उनले भने।
कार्यक्रममा प्रतिष्ठानका महासचिव सूर्यकुमार दाहालले अन्य सात क्षेत्रका योगदानकर्तालाई समेत सम्मान गरिएको जानकारी दिए।

सम्मानित अन्य व्यक्तिहरूमा आईओएम महाराजगन्जमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत प्रिसियस दाहाल, धर्म तथा संस्कृतिको प्रवर्द्धनमा योगदान दिएका रमेश खनाल, पूर्वाधार निर्माणमा सक्रिय महेश्वर न्यौपाने, साहित्यमा योगदान दिएका खेमनाथ दाहाल, सामाजिक सेवामा समर्पित केशव दाहाल र शिवप्रसाद दाहाल तथा कानून क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ अधिवक्ता हरिहर दाहाल रहेका छन्।
दाहाल प्रतिष्ठान, स्वर्गीय पण्डित जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषले ‘विश्वबन्धुत्वका लागि भ्रातृबन्धुत्व’ भन्ने नारासाथ विभिन्न क्षेत्रमा योगदान पुर्याउने दाहाल समुदायका व्यक्तित्वहरूको पहिचान र सम्मान गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
