एक दिन पछि सर्‍यो नेपाल टी-२० लिग

शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल टी-२० लिग क्यानले विज्ञप्ति निकाल्दै एक दिन पछि सरेको जनाएको छ।

काठमाडौँ– नेपाल टी-२० लिग एक दिन पर सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता एक दिन पर सरेको जानकारी दिएको हो।

यसअघि क्यानले प्रतियोगिता शुक्रबारदेखि आयोजना हुने जानकारी दिएको थियो। तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अघिल्लो दिन विज्ञप्ति निकाल्दै प्रतियोगिता शुक्रबारदेखि नहुने प्रष्ट पारेका हुन्।

"नेपाल क्रिकेट संघको आयोजनामा डिसेम्बर २३, २०२२ देखि सञ्चालन हुने तय भएको नेपाल टी-१० क्रिकेट लिग प्राविधिक कारणले एक दिनपछि डिसेम्बर २४, २०२२ देखि सञ्चालन हुने ब्यहोरा जानकारी गराइन्छ", विज्ञप्तिमा भनिएको छ।

क्यानले टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त पनि गरेको छ।