पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। 

काठमाडौँ– देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै विहार आसपास रहेको न्यूनचापीय रेखाको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। 

कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।